शुक्रबार १६६० संक्रमणमुक्त, थपिए ११४६ संक्रमित

काठमाडौँ - पछिल्लो समय देशभर कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । २४ घण्टामा कोभिड-१९ संक्रमणबाट १६६० जना मुक्त भएका छन् । हालसम्म देशभर ७ लाख ३६ हजार ६६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार देशभर ११४६ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार ९१६ जनाको कोभिड परीक्षण गरिएको थियो । २१ जनाको मृत्यु र हालसम्म १० हजार ९२४ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित २७ हजार ९५८ जना छन् । आईसीयूमा ४५८, भेन्टीलेटरमा १४५ संक्रमित उपचाररत छन् । होम आईसोलेशनमा २६ हजार २९६, संस्थागत आईसोलेशनमा १६६२ र क्वारेन्टीनमा २५२ जना छन् ।
बिहीबार १८४५, बुधबार २१६१ , मंगलबार २०७२ र आइतबार १५३४ जना संक्रमणमुक्त भएका थिए । सो दिन संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी थियो ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया