युवा संघको जुलुसमा झडप हुँदा चार जना घाइते

काठमाडौँ – प्रहरीसँगको झडपमा परी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका चार जना कार्यकर्ता घाइते भएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार काठमाडौंको नयाँ वानेश्वरमा निकालेको टर्च जुलुसमा युवा संघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी, प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरूले प्रहरीमाथि हातपात गरेपछि भिडलाई शान्त पार्ने क्रममा लाठिचार्ज गरिएको प्रहरीले जनाएको छ । आफूहरूले शान्तिपूर्ण रूपमा सरकारको विरोध गर्दा प्रहरीले हस्तक्षेप गरेको युवा संघको दाबी छ ।
सो झडपमा सचिवालय सदस्यहरू हिक्मत बोहोरा, अनमोल अभिनास, नेताहरू सुशील महर्जन र विक्रम महर्जन घाइते भएको युवा संघ, युथ फोर्सका अध्यक्ष क्षितिज थेबेले बताए । ‘घाइते साथीहरूलाई नयाँ वानेश्वरस्थित एभरेष्ट हस्पिटल भर्ना गरी उपचार सुरु गरिएको छ,’ उनले इकागजसँग भने । झडपमा अरु केही कार्यकर्ता पनि सामान्य घाइते भएका थिए । त्यसक्रममा एक जना प्रहरी पनि घाइते भएका बताइएको छ ।
मुलुकमा सरकार हराएको भन्दै यसको खोजी गर्न भन्दै युवा संघले शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वर क्षेत्रमा टर्च जुलुस निकालेको थियो । सरकार दार्चुला घटनामा मौन बसेको, अफगानिस्तानमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन असफल भएको, नेपाली आकाशमा विदेशी हेलिकप्टर उड्दा मूकदर्शक बनेको र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पास गर्न अग्रसर भएको भन्दै उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया