एमालेले प्रतिपक्षको भूमिका दुरुपयोग गर्याे : गगन थापा
काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेस सांसद गगन थापाले नेकपा एमालेले प्रमुख प्रतिपक्षी दलको भूमिकाको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै थापाले यस्तो बताएका हुन् । सत्तारुढ दलको कमजोरीका बारेमा आवाज उठाउनुपर्ने प्रतिपक्षी दलले सदनको बैठकमा अवरोध पुर्याउनु संसदीय व्यवस्थाविपरीत भएको थापाको भनाइ छ ।
‘हाम्रो संसदीय अभ्यासको क्रममा आज र बुधबारको बैठकमा जे भयो, यो सुखद् कुरा होइन, तर यसको कारण नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय व्यवस्थाभित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने, आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्दा यो स्थिती आएको छ,’ पूर्वमन्त्रीसमेत रहेका थापाले भने, ‘कुनै विधेयकको विषयलाई लिएर सरकारको कुनै एउटा निश्चित निर्णयका विषयलाई लिएर हामी संसद अवरुद्ध गर्दछौं भन्ने अवस्था भएको भए ठिकै हुन्थ्यो तर सभामुख नै मान्दिनँ सांसद नै मान्दिनँ भनेर सदनमा अवरोध गर्नु संसदीय मान्यताविपरीत छ ।’
उनले एमाले संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सदनमा संसदीय मान्यताविपरीत प्रस्तुत नहुन ध्यानाकर्षणसमेत गराएका छन् ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया