सभामुख र अर्थमन्त्रीले पदीय मर्यादा भुलेकाे एमाले सांसदकाे टिप्पणी

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद्हरूले सभामुख र अर्थमन्त्रीको तरिका गलत भएकाले सदनमा त्यसको विरोध जनाएको प्रतिक्रिया दिएका छन् ।शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै एमाले सांसद्हरूले यस्तो बताएका हुन् ।
आफूहरूले सदनमा अवरोध नगरेको तर सभामुख र अर्थमन्त्री गलत तरिकामा प्रस्तुत भएपछि आफूहरू त्यसको विरोध गर्न बाध्य भएको उनीहरूको प्रतिक्रिया छ । ‘सबै दलको सहमतिबिना प्रतिस्थापन विधेयक ल्याइनु राम्रो होइन । जनताका प्रतिनिधिको छलफलमा मात्र प्रतिस्थापन विधेयक ल्याइनुपर्छ । विधेयक तत्काल पेश गर्नुपर्ने कुनै हतारो थिएन,’ पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले सांसद् सुरेन्द्र पाण्डेले भने ।
एमालेका अर्का सांसद् गोकुल बास्कोटाले सभामुखले निर्वाह गर्नुपर्ने न्यूनतम भुमिका पनि निर्वाह नगरेको आरोप लगाए । ‘सभामुखले त्यो कुर्सीमा बसिरहँदाखेरी सबै दलप्रति समान व्यवहार गर्नुपर्छ । उहाँले त्यो काम गर्नुभएन । हाम्रो विरोध त्यसप्रति हो । यतिसम्म असहिष्णुता देखाइसक्नु भएको छ कि कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसका सदस्यहरूलाईसमेत कार्यसूची र एजेण्डा उहाँले दिनुभएन भनेपछि उहाँले संसद् कसरी चलाउनुहुन्छ ? हामीले अवरोध गर्न खोज्या हो र ? उहाँको तरिका गलत भयो त्यसको विरोध गरेका हौं,’ पूर्वसञ्चारमन्त्री पनि रहेका बास्कोटाले भने, ‘हामीले सभामुखको गैरजिम्मेवार भूमिकाको प्रतिवाद गरेको हौं ।’
यस्तै नेकपा एमालेकी सांसद गंगा चौधरीले सभामुख र अर्थमन्त्री पदीय मर्यादा भुलेर बाहिर गएको टिप्पणी गरिन् । ‘सभामुख र अर्थमन्त्रीले जनयुद्धको गुरिल्ला चरित्र देखाउनु भयो,’ सञ्चारकर्मीहरूसँग उनले भनिन्, ‘उहाँहरूको यस्तो तरिकाले संसदीय मर्यादाको धज्जी उडेको छ ।’ प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेर अघि नबढेर अर्थमन्त्री शर्माले चोरबाटो र जंगली पाराले लुकेर प्रतिस्थापन विधेयक पेश गरेको उनले आरोप लगाइन् । एमाले सांसद रेखा झाले सभामुख र अर्थमन्त्रीको यो कदम गैरसंवैधानिक रहेको टिप्पणी गरिन् ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया