सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

धरानमा ‘आधा लभ स्टोरी’

काठमाडौं : कोभिड–१९ को कारण लागू गरिएको लकडाउनले आम मानिसमा पारेको नकारात्मक प्रभावलाई अभिव्यक्त गर्ने गरी ‘आधा लभ स्टोरी’ शीर्षकको लघु फिल्म निर्माण गरिएको छ । धरानमा छायांकन गरिएको फिल्मको कथा, पटकथा, छायांकन, सम्पादन र निर्देशन प्रशान्त तामाङले गरेका छन् ।

 फिल्ममा सैव श्रेष्ठ, पवित्र शंकर, अनिता राई, रुपेन परियार, विशाल भण्डारी, विशाल श्रेष्ठ, विमस पौडेल, प्रिया कार्की, याशिन राई, अनुष्का आसमी, विद्या चौहान, आस्था आसमी, पवन तामाङ, राहुल ठाकुर, अविरल मगर, रिया सेन्चुरी र निकिता धमलाको अभिनय छ ।

 निर्देशक तामाङले लकडाउनको बेला धेरै मान्छेहरु फ्रस्टेसनले गर्दा आत्महत्या र अन्य गलत बाटोमा लागेका कारण फिल्मको माध्यमबाट युवा पिँढीलाई सही मार्गमा ल्याउन फिल्म निर्माण गरिएको बताए । फिल्म प्रशान्त क्रिएसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।