युट्युबको आम्दानीमा एक प्रतिशत कर
काठमाडौं- नेपाल सरकारले युट्युबमार्फत गरेको आम्दानीमा एक प्रतिशत कर असुल गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संघीय संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक मार्फत यस्तो व्यवस्था गरिएको हो ।
कुनैपनि व्यवसाय सञ्चालनमा संलग्न नरहेको व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराएर वा सामाजिक सञ्जालमार्फत श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रा भुक्तानी प्राप्त गर्दा यस्तो कर लाग्नेछ ।
विधेयक अनुसार सम्बन्धित बैंक, वित्तीय संस्था वा मनी ट्रान्सफर गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतको दरले अग्रिम कर असुल गर्ने व्यवस्था मिलाइएको छ । युट्युबले अमेरिकासँग दोहोरो कर सम्झौता नभएका मुलुकका क्रियटरले पाउने रकमको २४ देखि ३० प्रतिशत कर यस अघि नै कटौती गर्न थालिसकेको छ ।

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

प्रतिक्रिया