एसियन गेममा अब पब्जी फिफा लगायतका गेम पनि

काठमाडौं- एसियन गेममा पहिलो पटक आठओटा अनलाइन गेम समावेश गर्न लागिएको छ । एसियन ओलम्पिक काउन्सिलका अनुसार यस पटकको एसियन गेममा इए स्पोर्टसको फिफा, पब्जी मोबाइल, एरेना अफ भालोर, डोटा २, लिग अफ लिजेन्ट्स, ड्रिम थ्री किङडम १, हर्थस्टोन र स्ट्रिट फाइटर फाइभ गरी आठ ओटा गेम रहेका छन् ।
यी गेमबाट खेलाडीहरूले स्वर्ण, कास्य र रजत पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । इ-स्पोर्टस् गेमका लागि कूल २४ ओटा मेडल राखिएको छ । जसका २०२२ मा चीनमा हुने एसियन गेममा खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी अन्य दुई गेम इ-स्पोर्टस् गेमहरू, रोबोट मास्टर्स र भीआर स्पोर्टस् भने एसियन गेममा डेमोन्स्ट्रेसन इभेन्टको रूपमा खेलिनेछन् काउन्सिलले जनाएको छ । ई-स्पोर्टस प्रतियोगिताको लागि एसियन इलेक्ट्रोनिक स्पोर्टस् फेडरेसनले प्राविधिक समन्वयका साथै प्रतियोगिताका लागि टिमहरूको छनौट र व्यवस्थापनको काम गर्ने काउन्सिलले जनाएको छ ।
गत सन् २०१८ को एसियन गेममा ई-स्पोर्टस्लाई डेमोस्ट्रेसन गरिएको थियो । ओलम्पिक काउन्सिलको यस निर्णयले ई-स्पोर्टस् गेमलाई थप नयाँ उचाइमा पुर्याउनेछ । हाल ई-स्पोर्टस् अन्तर्गत विभिन्न इभेन्टहरू हुँदै आएका छन् । नेपालबाट समेत ई-स्पोर्टमा विभिन्न टिमहरू सहभागी हुँदै आएका छन् ।

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

प्रतिक्रिया