सेती महाकाली ट्रक यातायात व्यवसायी संघ अध्यक्षमा पुन: जोशी

कैलाली - सेती महाकाली ट्रक यातायात व्यवसायी संघको आगामी ३ बर्षे कार्याकालका लागि अध्यक्षमा पुन: चेतराज जोशी चयन भएका छन् । शनिबार धनगढीमा भएको संघको १० औं साधारण सभा तथा ८ औं अधिवेशनले आगामी ३ वर्षका लागि जोशीलाई निर्विरोध चयन गरेको हो ।
साधारण सभाले अध्यक्ष लगायत संघका सम्पुर्ण पदाधिकारी निर्विरोध चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा धर्मपालसिंह रावत, बिरेन्द्रबहादुर सिंह (प्रशासन उपाध्यक्ष ) र धनबहादुर बिष्ट (उद्दार उपाध्यक्ष ) चयन भएका छन् । महासचिव, सचीव, सह-सचीव कोषाध्यक्ष र सह-कोषाध्यक्ष क्रमशः दुर्गाप्रसाद जोशी, मोहनसिंह साउद, तारा धामी, ध्रुबराज कार्की र रमेश बम चयन भएका छन् ।
यसैगरी ११ जना सदस्यसमेत निर्विरोध चयन गरिएको निर्वाचन समिति संयोजक वीरबहादुर जेठाराले जानकारी दिए । योगेन्द्र (यम) बम, लोकराज जोशी, हरिश अवस्थी, हरिसिंह महरा, लक्ष्मणबहादुर शाह, प्रेम बिष्ट र सुरेन्द्र बहादुर रावल सदस्य चयन भएका हुन् । त्यस्तै रमेशप्रसाद बोहरा, सुरेश रिजाल, दीपक भट्टराई र धनबहादुर साउद पनि सदस्य चयन भएका संयोजक जेठाराले बताए ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया