‘अफगान ड्रिमर’लाई कतार फाउन्डेसनको साथ
काठमाडौँ - अफगानिस्तानको शासन सत्तामा तालिबान फर्किएपछि मुलुक छाड्ने अफगानी नागरिकको लर्को लाग्यो । अमेरिका नेतृत्वको विदेशी फौजलाई सघाउने अफगानी नागरिकदेखि खेलकुदसहित विभिन्न पेशामा रहेका महिलाहरूले पनि मुलुक छाडे । यस्तोमा रोबोट बनाउने महिला वैज्ञानिकहरुको समूहले पनि अफगानिस्तान छाडेको छ ।
‘अफगान ड्रिमर’ नाम गरेको सो समूहका महिला वैज्ञानिकलाई कतारले शरण दिएको छ । शरण दिनेमात्र होइन, कतारले उनीहरूको उच्च शिक्षा र अनुसनधानमा पनि सघाउने भएको छ । यसका लागि लाग्ने सम्पूर्ण खर्च कतार फाउन्डेसनले व्यहोर्नेछ । कतार फाउन्डेसन र कतार फन्ड फर डेभलेपमेन्टले आपसी समझारी गर्दै यी अफगानी महिलाहरुलाई दोहाको एजुकेशन सिटीमा राखिनेछ । ता कि उनीहरुले स्थानीय विश्वविद्यालयमा अध्ययन र अनुसन्धानलाई निरन्तरता दिन सकुन् ।
कतार फाउन्डेसन अन्तर्गतको एजुकेसन सिटीमा आठ विश्वविद्यालय र तीनका आगिंक क्याम्पसहरु छन् । जहाँ विभिन्न विषयमा अध्ययन र अनुसन्धान गराइन्छ । अफगानी महिलाहरुको उच्च शिक्षा र थप अनुसन्धानको सपना पूरा गर्नका लागि आफूले सहयोग गरेको कतारी फाउन्डेसनले जनाएको छ ।
अफगान ड्रिमर समूहका महिला वैज्ञानिकहरु हमाद बिन खलिफा विश्वविद्यालयमा रही अध्ययन र अनुसन्धान गर्नेछन् । हमाद बिन विश्वविद्यालयको साझेदार अमेरिकाको टेक्सास ए एन्ड एम विश्वविद्यालय र कार्नेज विश्वविद्यालयसँग रहेकाले ती विश्वविद्यालयमा पनि अफगानी महिला वैज्ञानिकहरुले अनुसन्धान गर्न पाउनेछन् ।
‘यी प्रतिभाशाली वैज्ञानिकहरुको समूहले उचित शिक्षा र अनुसन्धानको मौका पाउन् भनेर हामीले सहयोगको हात बढाएको हो । उनीहरुले अफगानिस्तानमै रही आफ्नो शिक्षा र अनुसन्धानलाई अघि बढाउने अवस्था रहेन । यसकारण कतार फाउन्डेसनले आफ्नो स्थानबाट सकेको मद्दत गर्ने प्रयास गरेको हो,’ कतार फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत शेख हिन्ड बिन्ट हमाद अल थानीले भनेकी छन् ।

तालिवानविरूद्धको झडपमा सर्वसाधारणसहित आठ सैनिकको मृत्यु

आर्थिक सहायता कटौतीले एक करोड ३० लाख विस्थापितको स्वास्थ्य खतरामा : संयुक्त रा…

छत्तीसगढ झडपमा १६ नक्सलवादी लडाकूको मृत्यु

म्यान्मामा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो

वासिङ्टनद्वारा युएसएडको औपचारिक योजनाको घोषणा
बङ्गलादेशः हसिना सरकारविरूद्ध षड्यन्त्र गरेको अभियोगमा मुद्दा दायर

जेलमा रहेका इस्तानबुलका मेयरका वकिल पनि पक्राउ

प्रतिक्रिया