कांग्रेस नेता महतो रहेनन्

सुदूरपश्चिम - नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण अचानक छाती दुखेपछि उनलाई उपचारका लागि सो मेडिकल कलेज पुर्याइएको थियो ।
पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लागेका उनी कैलाली कांग्रेसका लोकप्रिय र निष्ठावान नेता थिए । कांग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उनको महत्वपूर्ण योगदान रहेको कांग्रेसका नेता रामजनम चौधरीले बताए । उनका श्रीमती तीन छोरा र तीन छोरी छन् । स्व महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको कांग्रेसका क्षेत्रीय सभापति भक्त थापाले जानकारी दिए।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया