सांसदलाई उपलब्ध गराउने दसैं भत्ताले भेन्टिलेटर किन्न नेकपा नेता शर्माको सुझाव

काठमाडौं : सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सांसदलाई दसैं भत्ता दिने रकम भेन्टिलेटर किन्नमा खर्च गर्न आग्रह गरेका छन् । कोभिड-१९ मुलुकको मुख्य समस्या रहेकाले त्यसबाट बच्न सांसदलाई भत्ता दिने रकम भेन्टिलेटर किन्नमा खर्च गर्न सांसद शर्माले आग्रह गरेका हुन् ।
शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'रोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं ।' सरकारले आफूलाई उपलब्ध गराएको दशैंभत्ता कालिकोटका पुर्ब जनमुक्ति सेनाका योध्दा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले हस्तान्तरण गरेको उनले उल्लेख गरेका छन् ।
कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनाैं । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पुर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।।
— Janardan Sharma (@JSPrabhakar) October 18, 2020
यसअघि नेकपाकै सांसद् एवं स्थायी समिति सदस्य डा. भीम रावलले संसद् सचिवालयलाई पत्र लेखेर आफ्नो खातामा जम्मा भएको दशैं भत्ता फिर्ता गर्न आग्रह गरेका थिए । खातामा पठाइसकिएको रकम संसद् सचिवालय तान्न नमिल्ने भए सो बराबरको चेक आफूले संसद् सचिवालयमा बुझाउने वा आगामी महिनाको नियमित तलबबाट कट्टा गर्न रावलले विकल्प सुझाएका थिए । रावलले आइतबार पत्र नै पठाएर दशैंको पेश्कीबापतको ६४ हजार ७० रुपैयाँ फिर्ता गर्ने बताएका हुन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया