इन्स्टाग्रामका पाँच सुविधा जुन तपाईंलाई थाहा नहुनसक्छ

काठमाडौं- फेसबुकको स्वामित्वमा रहेको इन्स्टाग्राम जुन फेसबुक जतिकै प्रयोगकर्ता नभए पनि यसले भर्चुअल दुनियाँमा आफ्नो छुट्टै महत्व रहेको छ। इन्स्टाग्राम विषेश गरी युवा युवतीमाझ बढी लोकप्रिय रहेको छ ।
इन्स्टाग्राममा दैनिक लाखौं प्रयोगकर्ताहरूले अनेकौ भिडियो तथा फोटोहरू सेयर गर्ने गरेका छन्। यसमा भएको साना-साना कुरा जुन तपाईंलाई थाहा नहुँदा कहिलेकाही यसबाट तनावसमेत हुन सक्छ । कसैलाई पठाउन नचाहेको म्यासेज कहिले काहीँ गलत तरिकाले थिचिन पुगेर जान्छ अनि यसले सम्बन्धमा समेत असर पार्न सक्छ । इन्स्टाग्राममा भएको साना-साना फिचर जुन यस्तै समस्या पर्दा सहयोगी हुनपुग्छ । यहाँ इन्स्टाग्रामले दिएका ५ फिचरहरूको बारेमा केहि चर्चा गरिएको छ।
म्यासेज अनसेन्ड
यदि तपाईंले एक व्यक्तिलाई पठाउन पर्ने म्यासेज अर्कोलाई पठाउनु भयो भने सानो सेटिङले यसलाई अनसेन्ड गर्न सक्नुहुन्छ । पठाएको म्यासेज अनसेन्ड गर्नका लागि पठाएको भिडियो, तस्बिर तथा म्यासेजमा केहि समय प्रेस गर्नुहोस् जसबाट तपाईंले अनसेन्ड अप्सन देख्न सक्नुहुनेछ । तपाईंले डिलिट गरेको म्यासेज प्राप्त गर्ने व्यक्तिले पनि अनसेन्ड गरेको म्यासेजको नोटिफिकेसन भने प्राप्त हुन्छ ।
केहि समयमा आफैँ म्यासेज हराउने सुविधा
गोप्य कुरा गर्दा कहिले काहिँ कुरा गरेको म्यासेज डिलिट गर्न बिर्सँदा अरूले थाहा पाउने हुन सक्छ। त्यसैले यदि तपाईं कसैसँग केहि गोप्य कुरा गर्दै हुनहुन्छ तर यसलाई केहि समयमा आफैँ डिलिट होस् भन्ने चहानुहुन्छ भने सेक्रेट च्याट वा भ्यानिस मुडमा कुरा गर्नुहोस् । 'भ्यानिस मुड'मा तपाईंले चाहेको समयमा म्यासेज आफैँ डिलिट हुदैँ जानेछ । म्यासेन्जर, भाइबर तथा ह्वाटस् एपमा समेत यो सुविधा रहेको छ ।
साथीसँगै भिडियो हेर्ने सुविधा
इन्स्टाग्राम चलाउँदै गर्दा कहिले काहिँ आफूलाई पनि पर्ने भिडियो तथा पोस्टहरू सेयर गरेर सँगै हेर्न पर्ने हुनसक्छ। यसको समाधानको लागि इन्स्टाग्रामले एउटा सुविधा दिएको छ । तपाईं आफ्ना साथीसँगै भिडियो कलमा हुँदा एउटा ब्राउज भन्ने फिचर देख्न सक्नुहनेछ । यसमा तपाईंले आफ्ना साथीसँगै भिडियो वा पोस्ट हेर्ने अप्सन दिन्छ । यसमा तपाईंले पाँच जनासम्म साथीलाई जोड्न सक्नुहनेछ ।
आफ्नो इन्स्टाग्राम चलाउने समय सेट
तपाईंले इन्स्टाग्राममा आफू धेरै समय इन्स्टाग्राममा समय बिताउछु भन्ने लाग्छ? इन्स्टाग्राममा समय बितेको पत्तो पाउनुहुन्न भने यसमा एउटा सानो सेटिङ छ । तपाईंले इन्स्टाग्राममा कति समय चलाउने टाइम सेट गर्न सकिन्छ । यसमा सेट गरेको समयमा अनुसार तपाईंलाई तपाईंको इन्स्टाग्राममा बितेको समय बताउनेछ । यसले गर्दा तपाईंलाई समयको बचत हुनसक्छ ।
प्रोफाइल रिस्ट्रिक्ट
यदि तपाईं आफ्ना मन नपर्ने साथीलाई आफ्नो अकाउण्टबाट हटाउन वा ब्लक गर्न चाहानुहुन्छ? यसरी साथीलाई ब्लक गर्दा तपाईंको मित्रतामा आँच आउन सक्छ । यसको समाधानको लागि इन्स्टाग्राममा तपाईंले प्रोफाइल रिस्ट्रिक्ट फिचर प्रयोग गर्न सक्नुहुन्छ । प्रोफाइल रिस्ट्रिक्ट फिचरले तपाईंलाई मन नपरेको व्यक्तिबाट छुटकारा दिनेछ । प्रोफाइल रिस्ट्रिक्ट सुविधा ब्लकभन्दा भिन्न फिचर हो । यसले ब्लक गर्नेभन्दा सजिलोसँग तपाईंलाई उक्त व्यक्ति मार्फत छुटकारा दिनेछ । रिस्ट्रिक्ट फिचरले रिस्ट्रिक्ट गरिएको प्रोफाइलको कमेन्ट गर्ने र म्यासेज गर्ने सुविधा दिनेछ तर म्यासेज भने रिक्वेइस्टमा जानेछ ।

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

प्रतिक्रिया