१९ लाखको अवैध औषधी बरामद
विराटनगर - भन्सार छलेर नेपाल भित्र्याइएको करिब १९ लाख मुल्य बराबरको औषधी सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट रानीले बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका ११ प्रकारका औषधी विराटनगर महानगरपालिलका–१६ रानीस्थित दक्षिण गेट नजिक केराको झ्याङभित्रबाट बरामद गरेको सशस्त्र प्रहरी बल ३ नम्बर गण टंकीसिनवारीका प्रमुख प्रहरी उपरीक्षक तिर्थ पौडेलले बताए ।
विओपी रानीका प्रहरी निरीक्षक मौसम पोखरेलको नेतृत्वमा बरामद गरेको औषधीलाई अनुसन्धान र कानुनी कारवाहीका लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाएको उनले जानकारी दिए । बरामद औषधीको नेपाल बजार मुल्य १८ लाख ९९ हजार ५२ रुपैयाँ रहेको जनाइएको छ । डेक्समेडिन, टाजेवेस्ट, टिकोब्याक्ट, अक्ट्राइड, क्युटिनोक्स, सिप्नीया, भिप्रेस, नेटिकोल लगायतका औषधी बरामद भएका हुन् ।
दुई वटा कार्टुनभित्र राखेर ल्याइएका ती औषधी नेपालमा प्रतिबन्धित रहेको जनाइएको छ । औषधी कुन व्यवसायीले ल्याएको हो भन्ने पनि खुलेको छैन । प्रहरीले औषधी ल्याउने व्यक्ति फरार भएको अनुमान गरेको छ ।

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

प्रतिक्रिया