नेपालका कम्युनिस्ट पार्टी विदेशीसामु लम्पसार परे : माधव नेपाल
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेपालका कम्युनिस्ट पार्टीहरू विदेशी शक्तिसामु लम्पसार परेको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
नेपालका कम्युनिस्ट पार्टीहरूमा चरम गुटबन्दी, अवसरवाद र अहंकारी प्रवृत्ति देखिएकाले यसलाई चिर्न र जुध्न कम्युनिस्ट पार्टीहरूले क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्ने नेपालको भनाइ छ । ‘नेपालका कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट विचारधाराबाट चल्न सकेका छैनन् । कम्युनिस्ट पार्टीले सर्वहारा वर्गको हितमा साँच्चै काम गर्न अझै नसकेको हुँदा कम्युनिस्ट पार्टीले सर्वहारा संस्कृतिको विकास गर्न जरुरी छ,’ नेपालले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेपालमा कम्युनिस्ट पार्टीले नै समाजवादी क्रान्तिको लक्ष्य पुरा गर्ने र त्यसको नेतृत्व आफ्नै पार्टीले गर्ने स्पष्ट पारे । कार्यक्रममा वक्ताहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई देखावटी नभई वास्तविक र सशक्त ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका परशुराम तामाङको ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ पुस्तक जागरण बुक्स हाउसले बजारमा ल्याएको हो ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया