इजरायल जान चाहने ७ हजार जनाको भाषा परीक्षा भोलि

काठमाडौँ - इजरायल जाने कामदारको सोमबार हुने भाषा परीक्षामा ७ हजार ९ जना परीक्षार्थी सहभागी हुने भएका छन् । कुल ९ हजार ६ सय ९९ जनाले 'केयर गिभर' को लागि इजरायल जान भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका मध्ये ७ हजार ९ जनाले मात्र परीक्षा दिन पाउने भएका हुन् ।
भोलि एक दिनमात्रै हुने परीक्षा काठमाडौँको १६ वटा परीक्षा केन्द्रमा अंग्रेजी भाषाको परीक्षा हुने भएको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिए । वैदेशिक रोजगार विभागका अनुसार ३७२७ जना पुरुष र ३२८२ महिला परीक्षार्थी सहभागी हुनेछन् । जसमध्ये २६९० परीक्षार्थीको आवेदन अस्वीकृत भएको थियो ।
उनकाअनुसार दिउँसो १ बजेदेखि परीक्षा सुरु हुने छ । कुल १ घण्टामा परीक्षा सम्पन्न हुनेछ । साउन १२ गतेदेखि कामदारका लागि विज्ञापन खुलाएको थियो । विज्ञापन खुलाएको २१ दिनमा फारम लिने काम रोकेको थियो ।
छनोट समितिले २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्छ । उक्त नामावली इजरायलको पीआईबीएलाई पठाइ सोको विवरण विभागको वेबसाइटमा राख्नुपर्नेछ । विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्छ ।
अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ । विभागले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराएर श्रमिकलाई इजरायल पठाउनेछ । न्यूनतम मासिक करिब १६ सय डलर (डेढ लाख रुपैयाँ भन्दा बढी) पारिश्रमिक पाउनेछन् ।
इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ । सरकारी तहमा कामदार लैजाने सम्झौता भए पनि इजरायल जान पाएका थिएनन् । तीन वर्ष अघि एक सयको हाराहारीमा कामदार गए पनि थप कामदार जान पाएका छैनन् ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया