प्रदेश २ मा ‘नो मास्क नो सर्भिस’ अभियान लागू

जनकपुरधाम – सर्वसाधारणले मास्क प्रयोगमा लापरबाही गर्न थालेपछि प्रदेश २ सरकारले ‘नो मास्क नो सर्भिस’ अभियान लागू गरेको छ । जनकपुरस्थित मुख्यमन्त्री निवास मधेस भवनमा आइतबार सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड माहामारी विरुद्धको सचेतनाका लागि यो अभियान लागू गरेको हो ।
कोभिड संक्रमितहरूको संख्यामा कमी आएलगत्तै सर्वसाधारणले मास्क प्रयोगमा लापरबाही गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालयहरूमा उक्त अभियान चलाउने निर्णय गरेको प्रदेशका प्रमुख सचिव हरिप्रसाद मैनालीले बताए ।
यसका साथै सरकार मास्क प्रयोगमा सर्वसाधारणलाई सचेत गराउन स्थानीय सञ्चार माध्यमहरूमार्फत सूचना सन्देश प्रशारण, प्रकाशन गराउने निर्णय पनि गरिएको उनले बताए । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह, समाजिक विकासमन्त्री नवल साह, प्रमुख सचिव मैनालीसहित विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रतिनिधि सहभागी थिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया