आलोचनाले अझ राम्रो खेल्न प्रेरणा दियो : जिदान

काठमाडौं : रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पछिल्ला सातामा आफू र टिमलाई गरिएको आलोचनालाई प्रेरणमा बदलेर एथलेटिको म्याड्रिडलाई पराजित गरेको प्रतिक्रिया दिएका छन् । ‘हामीलाई पछिल्ला सातामा धेरै आलोचना गरिएको थियो । त्यसलाई हामीले प्रेरणमा बदलेर अझ मेहेनत गर्न प्रण गर्यौ । त्यसकै नतिजा स्वरूप हामीले एथलेटिको जस्तो बलियो टिमलाई हराउन सफल भयौं,’ जिदानले खेलपछि प्रतिक्रिया दिँदै भने ।
आलोचना फुटबलकै अंश भएको र त्यसले खेलाडी तथा समग्र टिमलाई अझ मेहेनत गर्न दबाब दिने जिदानको धारणा थियो । शनिबार म्याड्रिड डर्बीमा एथलेटिको म्याड्रिडलाई २-0 ले पराजित गर्दै जिदान नेतृत्वको रियलले आफ्ना आलोचकलाई जवाफ दिएको ठानिएको छ । डिएगो सिमिओनेको टिमलाई पराजित गर्नुअघि रियलले सेभिल्ला र बोरुसिया मन्चुनग्लाडबागलाई पराजित गरेको थियो । स्पेनिस ला लिगा र च्याम्पियन्स लिगमा लगातार तीन जित हासिल गरेपछि रियल आफ्नो स्वभाविक लयमा फर्किएको विश्वास लिइएको छ ।
सहरी प्रतिद्वन्द्वीविरुध्द जित हासिल गरेसँगै रियल ला लिगाको अंक तालिकाको तेसो स्थानमा उक्लेको छ । रियलले १२ खेलबाट २३ अंक बटुलेको छ । पराजयको बावजुत एथलेटिको रियलको भन्दा एक खेल कम खेल्दै २६ अंकका साथ शिर्षस्थानमा छ ।

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

नेपाललाई यू-१६ इस्ट जोन कपको उपाधि

एन्फा यु-१६ असार २० बाट सुरु

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

प्रतिक्रिया