शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मचान निर्माण

कञ्चनपुर – चोरी सिकारी नियन्त्रणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मचान निर्माण गरिएको छ । नेपाल भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी सिकारी हुनसक्ने सम्भावित पाँच स्थानमा मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी रबिन चौधरीले बताए ।
‘निकुञ्ज कार्यालयको कम उपस्थिति हुने क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनका लागि मचान निर्माण गरेका छौं,’ उनले भने, ‘निकुञ्जको नेपाल–भारत सीमा क्षेत्रमा अवैधरूपमा छिरेर भारतीय नागरिकबाट हुने वन्यजन्तु, चरा, माछालगायत चोरी सिकारी गर्ने कार्यलाई नियन्त्रण गर्न मद्दत पुग्दछ ।’ झाडी र बाक्लो घाँसका कारण गस्ती टोलीले चोरी सिकारीमाथि निगरानी राख्न गाह्रो हुने भएकाले मचान निर्माण भएपछि टाढैबाट हेर्न सकिने र नियन्त्रण गर्न सकिने चौधरीको भनाइ छ ।
निकुञ्जको नेपाल–भारत सीमा क्षेत्रनजिकै गत वर्ष पाटे बाघ मरेको अवस्थामा फेला परेको थियो । त्यसपछि निकुञ्ज कार्यालयले पैदल र हात्तीमा गस्तीको कार्यलाई निरन्तरता दिँदै आएको छ । निर्माण गरिएका मचान निकुञ्जको सुरक्षा व्यवस्थालाई मजबुत बनाउनका लागि निर्माण गरिएको उनले जानकारी दिए । ‘निकुञ्जको सुरक्षार्थ नेपाली सेनाका १६ वटा पोष्ट पनि निर्माण गरिएको छ,’ उनले भने, ‘निकुञ्ज कार्यालयका १५ वटा पोष्ट छन् । नेपाली सेना र निकुञ्जका पोष्टबाट दैनिक रूपमा वन्यजन्तु र काठ तस्करी रोक्नका लागि गस्ती हुने गरेको छ ।’

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

प्रतिक्रिया