उदयसँगको प्रेम लुकाएकोमा नरगिसलाई पछुतो

मुम्बई- नरगिस फाकरीले रनवीर कपुरको जोडीको रुपमा ‘रकस्टार’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । ‘रकस्टार’ त्यो सालको हिट फिल्ममध्ये एक रह्यो । यो फिल्मलाई सफल बनाउन संगीतको भूमिका ठूलो थियो ।
तर, अनौठो शैलीमा हिन्दी बोल्ने नरगिस फाकरीको कामलाई पनि धेरैले रुचाए । उनले एकपछि अर्को फिल्म साइन गर्दै गइन् । फिल्ममा व्यस्त हुन थालेपछि उनको र उदय चोपडाको अफेयरको खबरले बलिउडका गसिप कोलममा स्थान पाए ।
तर, मिडिया सामु न उदय चोपडाले यो खबर स्वीकार गरे न नरगिसले । सन् २०१८ को अन्त्यतिर नरगिस बलिउड छाडेर अमेरिकाका न्युयोर्क बसाइँ सरिन् । उनको बसाइँ सर्ने निर्णयमा उदयसँगको ब्रेकअप कारणको रुपमा बाहिर आयो । त्यतिबेला पनि नरगिस केही बोलिनन् ।
तर यसको तीन वर्षपछि टाइम्स अफ इन्डियासँग कुरा गर्दै नरगिसले आफू उदयसँग ५ वर्ष अफेयरमा रहेको र कसैलाई नभन्नू भनेकाले कुरा नगरेको बताएकी छिन् ।
‘उदय र मैले ५ वर्ष डेट गर्यौं । उदय मैले भारतमा भेटेको सबैभन्दा असल मानिस हुन् । मैले प्रेसलाई कहिलै हाम्रोबारे भनिन किनभने मलाई नभन्नू भनिएको थियो । तर मलाई नभनेकोमा पछुतो छ । म पहाडको टाकुरामा गएर चिच्याउनु पथ्र्यो कि म यो संसारको सुन्दर आत्मासँग छु,’ उनले भनेकी छिन् ।

आमिर खानकी आमाले ९१ वर्षमा गरिन् बलिउडमा डेब्यु

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

प्रतिक्रिया