एन्ड्रोइड १२ अक्टोबरमा लन्च

काठमाडौं- गुगलले भर्खरैमात्र एन्ड्रोइट १२ को फाइनल विटा भर्सन रिलिज गरेको थियो । गुगलले एन्डोइड १२ फाइनल भर्सनलाई आगामि अक्टोवरमा सार्वजनिक गर्ने भएको छ । कम्पनी अगामी अक्टोवर ४ देखि एन्ड्रोइड १२ को रोलिङ आउट सुरू गर्ने सोचमा रहेको एक्सडिए डेभलपर्सले जनाएको छ । गुगलले एड्रोइड १२ को अफिसियल रिलिज डेट भने सार्वजनिक गरेको छैन् । एक्सडिए डेभलपर्सले गुगलले आन्तरिक रूपमा पोष्ट गरेको डकुमेन्टले सो कुरा पुस्टि गर्ने डेभलपर मिसाल रेहमानले जनाएका छन् ।
एन्ड्रोइड १२
गुगलको एन्ड्रोइड १२ लाई विषेश बनाउने गरी विभिन्न नयाँ विशेषताहरू थप गरेको जनाएको छ । प्रयोगकर्ताको गोपनीयताको लागि थप कार्य गरेको जनाएको छ । यसमा दिएको एक्सेस सजिलै हटाउन सकिने छ । एन्ड्रोइड १२ मा नयाँ प्रविधी विकाश गरेकाले ११ भन्दा निकै फास्ट र रेस्पोन्सिप रहेको जनाएको छ । यसमा वान ह्यान्डेड जस्ता फिचरले गर्दा प्रयोगकर्तामा झन् नयाँ अनुभूति दिलाउने छ ।
एन्ड्रोइड १२ मा भएको नयाँ युआईले यसको भित्री लुक्सलाई झन् आकर्षक देखिन्छ । क्विक ट्याबले तपाईंले चाहेको कुराहरू चाँडै वा डबल ट्याब प्रयोग गरेर गर्न सकिन्छ । एन्ड्रोइड १२ मा नयाँ इमोजीहरु थप गरिएको छ ।
एन्ड्रोइड १२ अपडेट पाउने डिभाइसहरू
हालसम्म केहि गुगलका फोनले एन्ड्रोइइ १२ को विटा भर्सन पाइसकेको छ । कतिपय डिभाइसमा म्यानुअल्ली एन्ड्रोइड १२ राख्नु पर्ने हुन्छ । गुगल पिक्सेलका प्राय फोनहरूले अटो अप्डेट पाइसकेको छ । साओमीका डिभाइस विषेशगरि एम आइ यु आइ १३ सपोर्ट गर्ने डिभाइसहरूमा एन्ड्रोइड १२ सपोर्ट गर्ने छ । वान प्लस नाइन, वान प्लस नाइन प्रो मा एन्ड्रोइड १२ सपोर्ट गर्ने छ । ओप्पो फाइन्ड एक्स थ्री प्रो मा पनि एन्ड्रोइड १२ सपोर्ट गर्ने छ ।

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

प्रतिक्रिया