प्रतिनिधि सभा बैठक आज पनि एमालेले अवरोध गर्ने

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।
केही दिनदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरोध गरिरहेको छ । उक्त अवरोध हटाउन सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलिय बैठक राखेका थिए । एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै एमालेले बैठक बहिष्कार गरेका थिए ।
आजको प्रतिनिधि सभा बैठक पनि अवरोध गर्ने एमाले कार्यालयका शेरबहादुर तामाङले इकागजलाई जानकारी दिए । 'हाम्रो माग पूरा नभएसम्म संसद् अवरोध नै गर्छौँ' तामाङले भने ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले 'विनियोजन विधेयक २०७८ माथि विचार गरियोस्' भन्ने कार्यक्रम रहेको छ ।
त्यस्तै रुक्म शम्शेर जवराको शोक प्रस्ताव पारित गर्ने संसद् सचिवालयले जनाएको छ ।

देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री देउवाको निर्देशन

‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’

तीन तहको सरकारको समन्वयमा उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो : उपप्…

गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोटमा प्रचण्ड

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री ओली

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

प्रतिक्रिया