धनगढी उपमहानगरपालिकामा कोभिड खोप लगाउन अनलाइन दर्ता अनिवार्य

कैलाली - आफ्ना नागरिकहरुलाई कात्तिक मसान्तसम्ममा पूर्ण खोप लगाउने अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाले खोप लगाउन अनलाइन दर्ता अनिवार्य गरेको छ । उपमहानगरपालिकाको सोमबार बसेको बैठकले धनगढी उपमहानगरपालिकाभित्रका करिब डेढ लाखमध्ये खोप लाउने उमेर समूहका एकलाख जनसंख्यालाई कात्तिक मसान्तसम्ममा पूर्ण खोप लाउने नगर प्रमुख नृप बहादुर वडले बताए ।
उपमहानगरपालिकाका १९ वटै वडाका खोप लाउने उमेर समूहलाई अनलाइन दर्ता गर्न मेयर वडले आग्रह गरे । उनले अनलाइन दर्ता नगरे खोप लाउन नपाउने भन्दै दर्ता गर्न नसक्नेका लागि समेत वडा कार्यालयमा सम्पर्क राखेर दर्ता गर्न आग्रह गरे । उपमहानगरपालिकाले vaccine.mohp.gov.np मा गएर त्यहाँ दिएको निर्देशन अनुसार अनलाइन दर्ता गर्न सकिने जनाएको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया