मंगलबार थपिए १५६२ संक्रमित, १९ जनाको मृत्यु

काठमाडौँ - मंगलबार देशभर १५६२ कोभिड-१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४४३ जनाको कोभिड परीक्षण गरिएको थियो ।
२४ घण्टामा १५८९ जना कोभिड संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ४२ हजार ३०६ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी १९ जनाको मृत्यु भएकाे छ । हालसम्म १० हजार ९८४ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित २६ हजार २०२ जना छन् ।
आईसीयूमा ४५३ र भेन्टीलेटरमा १३७ जना संक्रमित उपचाररत छन् । होम आइसोलेशनमा २४ हजार ६९०, संस्थागत आइसोलेशनमा १५१२ र क्वारेन्टीनमा २२३ जना छन् ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया