दैलेखमा शिक्षकको हत्या, शंकास्पद तीन जना प्रहरी नियन्त्रणमा

सुर्खेत - दैलेखको गुराँस गाउँपालिकामा एक शिक्षकको हत्या भएको अवस्थामा शव फेला परेको छ । बिहान गुराँस गाउँपालिका-८ धरमपोखरा पढाउँदै आएका शिक्षक ४१ वर्षीय नगेन्द्र बिसीको शव फेला परेको हो । मृतक शिक्षकको गएराति हत्या भएको हुन सक्ने दैलेख प्रहरीले जनाएको छ ।
बिसी मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक हुन् । आज बिहान दूध पुर्याउन आएका स्थानीय बासिन्दाहरूले विद्यालयको बराण्डामा शव देखेपछि प्रहरीलाई खबर गरेको थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
उनले केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए । ‘घटनाबारे विस्तृत विवरण हामी साँझसम्म सार्वजनिक गर्छौं,’ प्रमुख श्रेष्ठले भने, ‘प्रहरी निरीक्षकको कमाण्डमा टोली धरमपोखरा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ । शिक्षकको मृत्यु शंकास्पद देखिन्छ ।’

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया