कोभिडबाट बालबालिकालाई सुरक्षित राख्न तीन तहका सरकारबीच समन्वय अभाव

काठमाडौँ – कोभिड–१९ बाट बालबालिकालाई सुरक्षित राख्न तीनै तहका सरकारबीच समन्वय अभाव रहेको एक अध्ययनले देखाएको छ । बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समूह (कन्सोर्टियम नेपाल) ले गरेको अध्ययनपछि सार्वजनिक प्रतिवेदनले मानवीय संकटका बेला सरकारले बाल अधिकार व्यवस्थापन मापदण्डसमेत नबनाएको देखाएको हो । कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले बालबालिकालाई काभिडबाट बचाउनका लागि तीनै तहका सरकारले प्रभावकारी काम गर्न नसकेको बताए । बालकालिकालाई कोभिडबाट सुरक्षित राख्न निर्देशिकासमेत बनाउन नसकेको सरकारले प्रभावकारी समन्वय संयन्त्र पनि बनाउन नसकेको उनको भनाइ छ ।
अध्ययनले कोभिडका कारण जारी बन्दाबन्दीले शिक्षाको असमानताको खाडल बढेर गएको निष्कर्ष निकालेको छ । शिक्षण सिकाई प्रक्रियामा पनि कोभिडले निकै ठूलो असर गरेको अध्ययन समितिको नेतृत्व गरेका त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक दीपेश घिमिरेले बताए । महामारीको समयमा बालबालिकाको क्षमता विकासमा ठूलो असर परेको उनको भनाइ छ ।
अनलाइनबाटै पढाउन सुरु गरिए पनि मुलुकका ७३ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचभन्दा बाहिर रहेको अध्ययनको निष्कर्ष छ । बाँकी २७ प्रतिशत बालबालिकाहरू अनलाइनको पहुँचमा भए पनि राम्रोसँग पढ्न नपाएको प्रतिवेदनमा उल्लेख छ ।

आँखा पाक्ने रोगबाट बच्न के गर्ने, के नगर्ने ?

सय जना किशोरीलाई ‘पद हस्तान्तरण’ गरिँदै
बालबालिका हराउँछन्, भेटिदैनन्

अब मोटु पत्लु हेर्नुहोस् नेपाली भाषामा

योजना पेश गर्न गाउँपालिका कार्यालय पुगे बालबालिका

अनाथ बालबालिका हेरचाह गर्न गाउँपालिकाले बालगृह खोल्ने

भारतबाट बाल श्रमिकको उद्दार

प्रतिक्रिया