नारायणकाजीमाथि बाबुराम र ईश्वरको प्रहार : चरित्र हत्या गर्नेमाथि अदालत जाने तयारीमा सुशन

काठमाडौं : सत्तारुढ नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ बहुविवादमा छन् । उनी राजनीतिक प्रतिस्पर्धीको राम्रै प्रहारमा छन् । एकै जिल्लावासी, कुनै बेला एकै राजनीतिक लडाईंमा होमिएका डा. बाबुराम भट्टराईको शब्द प्रहार चाहिँ श्रेष्ठविरुध्द चर्कै छ । डा. भट्टराई ट्वीटमा लेख्छन्, ‘आफ्नो नाममा कुनै देखल सम्पत्ति नराख्ने ! वैधानिक तलबभत्ता नलिएर वाहवाही कमाउने ! आसेपासेहरूका नाममा रातारात करोडौं र अर्बौं सम्पत्ति जम्मा हुने !’ यतिमात्र होइन, भट्टराई थप्छन्, ‘उनीहरूका विवादमा मध्यस्थता गर्ने ! ऐय्यासी जीवन बिताउने ! यही त हो 'क्रोनी क्यापिटालिज्म' कणहरू ! एक अर्कालाई ढाकछोप गरौं ! नेपाली विशेषताको समाजवाद ?’
श्रेष्ठले मुलुक विषम परिस्थितिमा भएको भन्दै आफूले एक वर्षको तलब नलिने घोषणा गरेका थिए । त्यो घोषणाले उनीसहित अन्य समकक्षी नेताहरूलाई एक प्रकारको नैतिक दवाब परेको थियो । २०७४ को संघीय निर्वाचनमा गोरखा-२ मा भट्टराईसँग श्रेष्ठ झिनो मतले पराजित भएका थिए । डा. भट्टराई कांग्रेस गठबन्धनको साझा नेताका रुपमा श्रेष्ठसँग चुनाव लडेका थिए । उनीहरुबीच घोचपेच सामान्य हो ।
खासगरी गोरखा-२ को चुनावी प्रतिस्पर्धामा दुवै जना उत्रेपछि त्यो झन् बढेको थियो । भट्टराई गोरखा खोप्लाङका हुन् भने श्रेष्ठ जौबारीका । उनीहरू एउटै जिल्लामा जन्मे हुर्के । तर भावनात्मक सम्बन्ध त झनै छैन, उनीहरुबीच । भिन्न पृष्ठभूमिबाट कम्युनिस्ट पार्टी र आन्दोलनमा जोडिएका यी दुवै नेता कुनै बेला एकै पार्टीमा अटे । डा. भट्टराई प्रधानमन्त्री हुँदा श्रेष्ठ उपप्रधानमन्त्री पनि भए । श्रेष्ठ भन्दा उमेरमा ६-७ वर्ष जेठा छन्, भट्टराई । पृष्ठभूमि भने दुवैको प्रारभिक राजनीतिक पृष्ठभूमि भने कांग्रेसी थियो । दुवै पछि कम्युनिष्ट बनेका हुन् ।
आफ्नो नाममा कुनै देखल सम्पत्ति नराख्ने! वैधानिक तलवभत्ता नलिएर वाहवाही कमाउने!आसेपासेहरूका नाममा रातारात करोडौं/अरबौं सम्पत्ति जम्मा हुने! उनीहरूका विवादमा मध्यस्थता गर्ने!ऐय्यासी जीवन बिताउने!यही त हो क्रोनी क्यापिटालिज्म कणहरू! एक अर्कालाई ढाकछोप गरौं! नेपाली विशेषताको समाजवाद?
— Baburam Bhattarai (@brb1954) December 13, 2020
एकै पार्टीमा रहँदा मात्र होइन, एकै मन्त्रिपरिषद्मा रहँदासमेत एकले अर्कोलाई स्वीकार्न नसक्ने, सधैँका प्रतिस्पर्धी जस्तै रहे उनीहरु । भट्टराईले भारतसँग विप्पा गराउँदा त्यसको जानकारी श्रेष्ठलाई दिएनन । उनले त्यतिबेला भ्रमणको विरोध गरेका थिए ।
पोखरेल पनि श्रेष्ठविरुध्द
उता एकै सचिवालका सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेल श्रेष्ठ पनि घोचपेचमा छन् । डा. भट्टराई खुला छन् भने पोखरेल घुमाउरो शैलीमा । कोभिड-१९ को संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भयो । पोखरेलले पनि लामालाई श्रद्धाञ्जली दिँदै श्रेष्ठविरुधद् घुमाउरो शब्द प्रयोग गरेका छन् । उनले बिहीबार एक ट्वीट सन्देशमा लेखेका छन्, ‘कमरेड कमानसिंह लामा अब हामीबीच रहनु भएन ! हार्दिक श्रद्धाञ्जली ! तर उहाँले आफू सम्वद्ध कम्युनिष्ट पार्टीलाई अझ यसमा आवद्ध ‘कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएको छ । अलविदा कमरेड कमानसिंह लामा !’
कमरेड कमानसिंह लामा अब हामीविच रहनु भएन ! हार्दिक श्रद्धान्जली ! तर वहाँले आफू सम्वद्ध कम्युनिष्ट पार्टीलाई - अझ यसमा आवद्ध ‘ कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएकोछ। अलविदा कमरेड कमानसिंह लामा !
— Ishwar Pokhrel (@IshwarPokhrel) December 10, 2020
उता यो प्रकरणमा श्रेष्ठ भनाइ छ, ‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । आफू गलत नभएको र जोसुकैले जुनसुकै कोणबाट अनुसन्धान गरे पनि हुन्छ । दोषी देखिए दण्ड भोग्न तयार छु । लामाको निधनको दु:खद खबरबाट आफू मर्माहत भएको अवस्थामा यस्तो खवरले झन दुखी छु ।’
अदालत जाने तयारीमा सुशन
मृतक लामा र श्रेष्ठको स्वकीय सचिवसमेत रहेकी युवा व्यवसायी सुशन कर्माचार्यबीचको लेनदेन बाहिरिएपछि ‘प्रकरण’को रुप धारण गरेको हो । त्यो विषय सहजीकरण गर्न श्रेष्ठ अघि सरेको भिडियो सार्वजनिक भएपछि सुशन कर्माचार्य पनि विवादमा तानिएकी छन् ।
भिडियो र अडियोमा देखिएका-सुनिएका संवादमा श्रेष्ठले लामा, स्वकीय सचिव कर्माचार्य र इन्द्र तामाङ (लामाको श्रीमती) बीचको विवाद मिलाउन भूमिका निर्वाह गरेको देखिन्छ । कमानसिंह लामाको निधन लगत्तै सुशन कर्माचार्यको फेसबुक पोष्टबाट श्रेष्ठसँग बसेका तस्बिरले सामाजिक सञ्जाल रंगिन पुगेको छ । जसमा श्रेष्ठ इतरका नेता-कार्यकर्ता बढी सक्रिय देखिन्छ ।
सुशन जापानमा अध्ययन गरेर फर्केकी हुन् भने अन्तराष्ट्रिय व्यवसायमा समेत सक्रिय छिन । उनी कन्स्ट्रक्सन, हाइड्रो, शिक्षा, वित्त, साना उद्योग क्षेत्रमा संलग्न छिन् । उनको श्रीमान र एक छोरीसमेत व्यवसायमै छन् । उता सुसन सामाजिक सञ्जालमा अनेकन अर्थ लगाउँदै तस्बिर रंग्याउनेविरुध्द अदालत जाने तयारीमा रहेको उनी निकटवर्तीहरुले बताए । उनले अधिकतम कार्यकर्ताको आइडीसहित आफू र श्रेष्ठको चरित्रहत्याको किटानी जाहेरी तथा फेक आइडीको सोर्ससहित उजुरीको तयारीमा भएको उनका निकटस्थहरुले बताएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया