विकृत बुर्जुवावादी व्यवस्था परिर्वतन गर्न सडकमा जानुपर्ने हुन सक्छ: दाहाल
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रणाली र शासकीय स्वरूपलगाएतका विषयमा रहेको फरक मतलाई अब अघि बढाउनुपर्ने बताएका छन् । बुधबार पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा दाहालले आफूहरूले राखेको फरक मतका लागि संविधान संशोधन गर्दै राष्ट्र र जनता लागि अघि बढ्नुपर्ने बताए ।
नेपालको राष्ट्रिय स्वाधिनताबाहेक संविधानमा रहेका अन्य विषयलाई संशोधन गर्ने व्यवस्था रहेकाले आवश्यक संशोधन गर्न सकिने बताए । उनले विकृत बुर्जुवावादी व्यवस्था परिर्वतन गर्न जरुरी परे सडकमा जानुपर्ने अवस्था आउन सक्ने तर्क गरे ।
त्यस्तै दाहालले पार्टीमा व्यक्तिगत स्वार्थको निम्ति बढी लगाव देखिने र पार्टीगतभन्दा गुट बनाउनेतिर बढी जाँगर चल्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले पार्टी पुनःनिर्माणको महान अभियानतिर जान खोजेको र अव जनतामा गएर माफी माग्दै नयाँ ढंगले पार्टीलाई अघि बढाउनुपर्ने बेला आएको जिकिर गरे। दाहालले पोष्टबहादुर बोगटीले पार्टीलाई समस्या पर्दा सदैव सहज रूपमा समाधान खोज्ने व्यक्ति भएको स्मरण गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया