सेयर बजारमा ४० अंकको पहिरो

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४०.२६ अंकले खस्किएको छ । १.३७ प्रतिशतले घटेर नेप्से परिसूचक २८८९.०३ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ वटै समूहका परिसूचक कमजोर बन्दा नेप्से परिसूचक पनि खस्किएको हो । होटल एन्ड टूरिजम्, विकास बैंक, हाइड्रोपावर, फाइनान्स र निर्जीवन बीमा समूहका परिसूचक दुई प्रतिशतभन्दा बढी दरले घटेका छन् ।
बैंकिङ, म्यानुफ्याक्चरिङ, जीवन बीमा, इन्भेष्टमेन्ट र अन्य समूहको परिसूचक १ प्रतिशतभन्दा बढी दरले घटेको छ । सेयर बजारमा गिरावट आउँदा पनि मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य आठ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।
पाँच अर्ब ३५ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ७५ हजार आठ सय ९५ पटकको किनबेचमा एक करोड कित्ता सेयर किनबेच भएको छ । अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार उच्च छ ।

‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

प्रतिक्रिया