प्रदेश-१ मा आचार्यले विस्तार गरे मन्त्रिपरिषद्
दुई मन्त्री र तीन राज्यमन्त्री थपिए

विराटनगर - प्रदेश-१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद्मा बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री थपेर आठ सदस्यीय बनाएका हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आचार्यले संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा योजनामन्त्री र झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका छन् । त्यसैगरी सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण, मोरङका ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी र मोरङकै लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मन्त्री मण्डल विस्तार भएसँगै प्रदेश सरकारको मन्त्रीमण्डल ८ सदस्यीय बनेको हो । आचार्य भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसको भोलिपल्ट ११ गते लक्षुमन तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण र बल बहादुर साम्सोहाङ सामाजिक विकासमन्त्री नियुक्त भएका थिए ।
प्रदेश १ मा एकल बहुमत रहेको नेकपा एमालेबाट १० जना सांसदहरुले नेकपा (एकीकृत समाजवादी) रोजेपछि अल्पमतमा परेको छ । आचार्य नेतृत्वको सरकार विश्वासको मत लिने तयारीमा छ । बुधबार मन्त्रीमण्डल विस्तार गरिए पनि आचार्य नेतृत्वको मन्त्रिमण्डलमा महिलाको सहभागिता छैन ।

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

हवाई टिकटको मूल्य घटाउन पहल भइरहेको छः मन्त्री पाण्डे

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

प्रतिक्रिया