झापाका आगलागीपीडितलाई सहयोगको अपिल

झापा – झापाको अर्जुनधारा नगरपालिका ७ का आगलागीपीडित खनाल परिवालरलाई सहयोग गर्न अपिल गरिएको छ । पुष्पलाल रोड निवासी रोमनाथ खनालको घरमा शनिबार खाना पकाउने ग्यास लिकेज भई भएको आगलागीमा परी रोमनाथ खनालसहित श्रीमती र छोरा गम्भीर घाइते भएका छन् ।
हाल उनीहरूको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचारत भइरहेको परिवार स्रोतले जनाएको छ । घाइते तीन जनामध्ये छोराको अवस्थामा क्रमिक सुधार आएको बताइएको छ । खनाल दम्पतीको भने सघन उपचार कक्षमा उपचार जारी रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
उनीहरूको उपचारमा करिब २२ देखि २५ लाख रूपैयाँ लाग्ने अस्पताल प्रशासनले जानकारी दिएको छ । ‘सामान्य व्यवसायबाट जीवीकोपार्जन गर्दै आएको खनाल परिवारसँग उपचार गर्ने र घर पुनर्निर्माण गर्ने अवस्था छैन, खनाल परिवारमा परेको यो संकटलाई मध्यनजर गर्दै हामी स्थानीय र छरछिमेकको पहलमा आर्थिक संकलन समिती गठन गरेका छौं । देश विदेश रहनुभएका मनकारीहरूलाई हामी आर्थिक सहयोगको अपिल गर्दछौं,’ पत्रकार टंक खनालले जानकारी दिए ।
सहयोग गर्न इच्छुकले सिभिल बैकको खाता नम्बर 07610551951012 मा रकम जम्मा गरिदिन पनि उनले आग्रह गरेका छन् । ‘संकलित सम्पुर्ण रकम सञ्चार माध्यमबाट जानकारी गराइने छ,’ उनले भने । आगलागीका कारण खनालको घरमा पनि क्षति पुगेको परिवार स्रोतले जनाएको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया