काठमाडौं उपत्यकाका विद्यालयहरू दसैंअगाडि नखुल्ने

काठमाडौँ – काठमाडौं उपत्यकाका विद्यालय दसैंअगाडि नखुल्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार निजी विद्यालयहरूका संगठनहरू प्याब्सन तथा एनप्याब्सन, अभिभावक, शिक्षा तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सहभागीहरूले उपत्यकामा कोभिड– १९ संक्रमण महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्नु उचित नहुने धारणा राखेका छन् । बैठकमा कोभिड– १९ संक्रमण नियन्त्रण कार्यदल (सीसीएमसी)का प्रतिनिधि, स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी, शिक्षा तथा विज्ञान, प्रविधि मन्त्रालयका सचिवसमेतको सहभागिता थियो ।
बैठकले थोरै संख्यामा विद्यार्थी भएका विद्यालयका केही कक्षा सञ्चालन गर्दै जाने र दसैंपछि पूर्ण क्षमतामा भौतिक रूपमै विद्यालय खोल्ने निर्णय गरेको बैठकमा सहभागी शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।
काठमाडौं उपत्यकाका केही स्थानीय तहले भदौ दोस्रो साताबाटै विद्यालय सञ्चालन गरेपछि निर्णयमा एक रूपताका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरोकारवालालाई बैठकमा बोलाएका हुन् ।

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलद्वारा आयोजित संयुक्त राष्ट्रसंघ ४.० को भव्…

प्रतिक्रिया