सरकारकाे अकर्मण्यताले खर्च व्यवस्थापनमा समस्या आयो : एमाले

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको अकर्मण्यताका कारण मुलुकमा बजेटको रिक्तता भएको आरोप लगाएको छ । बजेटको रिक्तता भई राज्यको खर्च व्यवस्थापनमा समस्या उत्पन्न हुनुमा सरकार जिम्मेवार रहेको एमालेको टिप्पणी छ ।
संवैधानिक र कानुनी व्यवस्थाअनुरूप बजेट अध्यादेशलाई संसद्मा प्रस्तुत गरी पारित नगरेर सरकारले अघिल्लो सरकारमाथि पूर्वाग्रह राखेकाले समस्या उत्पन्न भएको एमाले महासचिव ईश्वर पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सभामुख र सरकारको व्यवहारका कारण एमालेले संसद् अवरोध गर्नुपर्ने अवस्था आएको बताउँदै प्रमुख प्रतिपक्षको माग पूरा गरेर सदन चलाउन पनि एमालेले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया