सूर्यविनायक नगर सभापतिमा दुई प्यानलको उम्मेद्वारी घोषणा

भक्तपुर- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै भक्तपुरमा हुने नगर अधिवेशनमा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ ।
कांग्रेसले जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गरेसँगै नगर सभापतिका आकांक्षीले उम्मेद्वारी घोषणा गर्न थालेका हुन् । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले दुई प्यानल खडा गरेर आफ्नो उम्मेद्वारी दिने भएको छ । दुई समूहले उम्मेद्वारी घोषणा गर्दै प्रचारप्रसारमा समेत जुटेका छन् ।
सूर्यविनायक नगर समिति सभापतिमा कांग्रेस जिल्ला सचिव निशान ढुङ्गेलले प्यानल नै बनाएर उम्मेद्वारी घोषणा गरेका छन् । त्यस्तै सूर्यविनायक नगर समितिका उपसभापति रवि राणाले पनि प्यानल नै बनाएर उम्मेद्वारी घोषणा गरेका छन् ।
ढुङ्गेल नेतृत्वको प्यानलबाट उपसभापतिमा रमण कायष्ठ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी, क्षेत्रीय प्रतिनिधिमा अम्बिका थापा र शशी बस्नेतले उम्मेद्वारी दिने जनाएका छन् ।
यस्तै राणा नेतृत्वको प्यानलबाट उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमिल्सिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामेले प्रतिष्पर्धा गर्दै छन । ढुङ्गेल कांग्रेस संस्थापन सभापति शेरबहादुर देउवाको पक्ष र राणा संस्थापन इत्तर पक्षका हुन् ।
ढुङ्गेलले आगामी निर्वाचनमा कांग्रेसलाई भक्तपुरमा पहिलो पार्टीका रुपमा स्थापित गर्न र आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अत्यधिक स्थानमा विजयी गराउने लक्ष्यका साथ आफ्नो नेतृत्वको प्यानल घोषणा गरेको बताए ।
राणाले पार्टीमा युवा नेतृत्वलाई मौका दिनुपर्ने भन्दै पार्टीको विकास र पार्टीलाई सबल एवं मजबुत बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएर आफ्नो उम्मेदवारलाई विजयी बनाउने लक्ष्य रहेको बताए ।

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

प्रतिक्रिया