प्रभुको आइपीओ खुल्यो, कतिसम्म भर्न पाइन्छ ?

काठमाडौं : प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपीओ) बिक्री खुल्ला भएको छ । सोमबारदेखि खुलेको आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
२ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको हो। कर्मचारीलाई ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि पनि ५ प्रतिशत छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता सेयरको बिक्री खुल्ला गरिएको हो ।
कम्पनीले कर्मचारीलाई न्यूनतम ३०० कित्तादेखि पद र कार्यानुभव तथा पदावधि अनुसार ३ हजार कित्ता सम्म सेयर वितरण गर्ने तयारी गरेको छ । कम्पनीमा २६० जना कर्मचारी कार्यरत रहे पनि केही कर्मचारीहरु भने काम गरेको न्यूनतम अवधिको मापदण्डभित्र नपरेपछि सेयर पाउनबाट वञ्चित भएका छन् ।
सर्वसाधारणतर्फ भने बढीमा ५ लाख ४० हजार जनाले बढीमा १० कित्ता सेयर पाउने छन् । कम्पनीले समग्र वित्तीय अवस्था तुलनात्मकरूपमा कम जोखिमपूर्ण रहेको रेटिङ पाएको छ। इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा इक्राएनपी-आइआर बीबी प्लस रेटिङ पाएको छ। प्लसले चिन्हले कम्पनीमा तुलनात्मक रूपमा जोखिम कम भएको बुझिन्छ भने माइनस चिन्हले जोखिम बढी रहेको बुझिन्छ।
सेयर जारी गरेर संकलन हुने रकम वाणिज्य बैंक र नेपाल पूर्वाधार बैंकमा ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा राखिने छ। ५ करोड रुपैयाँ डिबेन्चरमा र ५ करोड रुपैयाँ सेयर आदिमा लगानी हुने कम्पनीले जनाएको छ। छिटोमा पुस २ गते र कम्पनीको सेयरमा पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १३ गतेसम्म सेयर बिक्री खुल्ला रहने छ ।
आइपीओका लागि मेरो सेयरबाट आवेदन दिन सकिनेछ । ९० वटा शाखा तथा उपशाखा कार्यालय रहेको कम्पनीमा सबैभन्दा धेरै प्रभु बैंकको २० लाख कित्ता संस्थापक सेयर स्वामित्व छ ।

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

प्रतिक्रिया