‘डिग्री’ पढ्ने सल्लाह गर्दै पल शाह र समीक्षा अधिकारी

काठमाडौँ - पल शाह र समीक्षा अधिकारी अभिनय रहेको ‘डिग्री सम्म पढाम्ला’ गीत केही दिन अगाडि सार्वजनिक भएको छ । गत वर्ष निक्कै रुचाइएको ‘चाइनेजो’ गीत कै गायक जीवन पन्त र गायिका समीक्षा अधिकारीको आवाज रहेको उक्त गीतका गीतकार तथा संगीतकार भने दीपक शर्मा हुन् ।
श्यामश्वेत रसाइलीको म्युजिक एरेन्ज तथा मिक्सिङ रहेको उक्त गीतको म्युजिक भिडियो निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन् । गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन भने सम्पादन पदम सुवेदीले गरेका छन् ।
गायक जीवन पन्तले कलाकारको अभिनयसँगै गीतमा प्रयोग ठेट शब्दले गीतलाई कर्णप्रिय बनाएको बताए ।‘ नायक पल शाह र समीक्षा अधिकारीको जोडीलाई उक्त गीतमा निक्कै सुहाएको छ ।
डिग्रीसम्म पढाम्ला, पुदिनाको अचार, शिरमा लाछा डोरी, सिलौटो, बाबियोको डोरी जस्ता गाउँले अर्गानिक ठेट शब्दहरूले गीतमा निक्कै मिठास थपेको छ । आशा छ उक्त गीत तथा भिडियो लाखौं दर्शक, स्रोताले रुचाउनुहुनेछ,’ पन्तले भने । गीत सार्थक डिजिटल युट्युबको च्यानलबाट सार्वजनिक भएको हो । नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सार्थक डिजिटल म्युजिकले उक्त गीतलाई बजार ब्यवस्थापन गरेको छ ।

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

प्रतिक्रिया