सेयर बजार निरन्तर ओरालो, ७६ अंकले धस्सियाे नेप्से परिसूचक

काठमाडौँ - सेयर बजारमा ओरालो लाग्ने क्रमले बिहीबार निरन्तरता पाएको छ । नेप्से परिसूचक ७६.६५ अंकले खस्किएको छ । २.६५ प्रतिशतले घटेर नेप्से २८१२.३८ बिन्दुमा पुगेको हो ।
जलविद्युत् र फाइनान्स समूहको परिसूचक ४ प्रतिशतभन्दा बढी दरले घटेको छ । सेयर बजारमा ठूलो हिस्सा ओगट्ने बैंकिङ समूह २ प्रतिशतभन्दा बढी दरले खस्किएको छ । ट्रेडिङ, होटल एन्ड टुरिजम्, माइक्रोफाइनान्स र विकास बैंक समूहमा ३ प्रतिशतभन्दा बढी दरले गिरावट आएको छ ।
बजार घटे पनि मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ । एक लाख १३ हजार आठ सय ७ पटकको कारोबारमा एक करोड ६४ लाख ६८ हजार पाँच सय ८ कित्ता सेयर ९ अर्ब तीन कराेड ३९ लाख रुपैयाँमा किनबेच भएको छ । अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार सबैभन्दा बढी छ ।

‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

प्रतिक्रिया