पहिलो पल्ट भर्चुअली बाँडियो मदन र जगदम्बाश्री पुरस्कार

काठमाडौं : मदन पुरस्कार गुठीले इतिहासमै पहिलो पल्ट भर्चुअल रुपमा पुरस्कार बाँडेको छ । हरेक वर्ष घटस्थापनाको दोस्रो दिन मदन पुरस्कार र जगदम्बाश्री बाँड्दै आएको मदन पुरस्कार गुठीले कोभिड-१९ का कारण युट्युबमा लाइभ गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नैनितालमा बसेर हिमालय र हिमालय क्षेत्रको अध्ययन गरिरहेका डा शेखर पाठकले ‘यो बाटो कहाँ जाने होला ?’ शीर्षकमा विध्दत प्रवचन दिएका थिए भने जगदम्बाश्री र मदन पुरस्कार पाउने दुवै स्रष्टा शान्ति ठटाल र चन्द्रप्रकाश बानियाँ आफू बसिरहेको ठाउँबाट मन्तव्य प्रस्तुत गरेका थिए । जगदम्बाश्री प्राप्त गरेकी संगीतकार ठटालले सिलगुडीबाट भिडियो लाइभमा आफ्नो मन्तव्य प्रस्तुत गरेकी थिइन् भने मदनपुरस्कार प्राप्त कृति ‘महारानी’का लेखक चन्द्रप्रकाश बानियाँले पोखराबाट आफ्नो मन्तव्य राखेका थिए ।
मन्तव्य राख्दै शान्ति ठटालले जगदम्बा प्राप्त गरेको खबरले भाव विहवल बनाएको बताएकी थिइन् । ‘जगदम्बाश्री ले मेरो संगीत यात्रा सार्थक भएको महसुस गरेको छ । यो मेरो जीवनको स्मरणीय र ऐतिहासिक दिन हो,’ उनले भनिन् । सन् १९५५ देखि संगीतमा सक्रिय ठटालले कलकत्ताको रविन्द्र भारती संगीत विश्वविद्यालयबाट कण्ठ संगीतमा तीन वर्षे डिप्लोमा गरेकी थिइन् । ‘परालको आगो’ ‘बाँच्न चाहनेहरु’ आदि चलचित्रमा संगीत दिएकी ठटाल नेपाली फिल्मको पहिलो महिला संगीतकारको रुपमा पनि परिचित छन् । प्रवासबाट बनेको ‘परालको आगो’मा ठटालले संगीत गरेकी थिइन् । त्यसबाहेक उनले नृत्यनाटिका, गीति नाटक, रेडियो रुपक, गद्य संगीत आदि विभिन्न विधामा संगीत गरेकी छिन् ।
त्यसैगरी बानियाँले स्मृतिको गर्भमा रहेको घटना उधिनिएको सपाट व्याख्यालाई साहित्य मानेर ‘महारानी’लाई पुरस्कृत गरेकोमा मदन पुरस्कार गुठीप्रति आभार व्यक्त गरे । गुठीका सदस्य सचिव दीपक अर्यालले महामारी अनिश्चित कालसम्म लम्बिने लक्षण देखिएकाले भर्चुअल माध्यमबाटै भए पनि वितरण गरेको बताए । ‘धेरैले पछि गरौं भनेर पनि भन्नु भएको थियो । तर, पछि पनि कहिले कहिले होला जस्तो लागेर यसरी गर्यौं,’ उनले भने, ‘ पुरस्कार वितरण समारोह केही घण्टाकै लागि भए पनि सबै साहित्यकार जमघट गर्ने अवसर थियो । आज हामीलाई पनि खल्लो लागेको छ ।’
अर्यालले स्थिति सामान्य भएपछि जगदम्बा र मदन पुरस्कार पाउने दुवै स्रष्टालाई सम्बन्धित ठाउँमा गएर ताम्रपत्र तथा पुरस्कारवापत प्राप्त हुने रकम हस्तान्तरण गर्ने जानकारी गराए । यसअघि पारसमणि प्रधान अस्वस्थ हुँदा पनि यसरी नै घरमै गएर पुरस्कार दिएको अर्यालले स्मरण गरे । मदन पुरस्कार गुठीले २०१३ सालदेखि मदन पुरस्कार र२०४५ साल देखि जगदम्बाश्री बाँड्दै आएको छ ।

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_4fnfcfmvha_0zb7anwzlxwndn2jgznxto1fsttgmfjtp1gjitjvvu6iuzd1qacdoepffkty.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रतिक्रिया