सुदूरपश्चिममा भोलि मन्त्रिपरिषद् विस्तार

कैलाली - सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् शुक्रबार (भोलि) विस्तार हुने भएको छ। आर्थिक मामिला मन्त्रीबाट प्रकाशबहादुर शाहले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा नयाँ मन्त्री नियुक्तिको तयारी भएको हो ।
नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले भोलि मन्त्री नियुक्ति गरिने बताए । उनले भोलि नै शपथ ग्रहणको कार्यक्रम समेत तय भइसकेको बताए।
मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी बाहिर रहेकाले भोलि मुख्यमन्त्री भट्टले मन्त्री नियुक्त गर्ने र प्रदेश प्रमुखले शपथ ग्रहण गराउने कार्यक्रम रहेको एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले बताए ।
अर्थमन्त्रीका लागि तारा लामा तामाङको सम्भावना बलियो रहेको श्रोतले जानकारी दिएको छ । पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले र अर्थराज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएपछि दुई मन्त्रालय खाली छन् ।

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

हवाई टिकटको मूल्य घटाउन पहल भइरहेको छः मन्त्री पाण्डे

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

प्रतिक्रिया