चेल्सीका रिस जेम्सको च्याम्पियन्स लिग पदक चोरी

काठमाडौँ- चेल्सीका रक्षक रिस जेम्सले च्याम्पियन्स लिग र युरो २०२० मा पाएको पदक चोरी भएको छ । कम्तिमा चार जनाले आफ्नो घरबाट चोरी गरेको जेम्सले शुक्रबार जनाएका हुन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै जेम्सले आफू घरमा नभएको बेला गत मंगलबार चोरी भएको बताएका हुन् ।
घरमा चोरी भएको दिन जेम्स च्याम्पियन्स लिगको जेनिट सेन्ट पिटर्सबर्गविरुद्धको खेल खेल्न रुसमा थिए । उनी फर्कदा घर र च्याम्पियन्स लिगमा विजेता र युरोमा उप-विजेता बनेबापत पाएको पदक सेफ फोडिएको अवस्थामा थिए । त्यसबाहेक युईएफए सुपर लिगका जित्दा प्राप्त पदक पनि हराएको जेम्सको भनाइ छ ।
जेम्सले त्यसदिनको सीसीटीभी फुटेजसहित स्थानीय प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले अनुसन्धान जारी रहेको तर हालसम्म कसैलाई पनि गिरफ्तार नगरिएको बताएको छ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया