तीन फरार अभियुक्त पक्राउ

सर्लाही- ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र ३४ वर्षीय बलराम थापा तथा ईश्वरपुर नगरपालिका-६, बयलबासका ३४ वर्षीय मझर अन्सारी रहेको बयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।
तीन अभियुक्तमध्ये कार्कीविरुद्ध जिल्ला अदालत सर्लाहीले चार ठगी मुद्दामा रु ५४ लाख ३४ हजार ८५० र ३८ पैसा बिगो जरिवाना तोकेको छ । कार्की १४ वर्षअघि सुनसरीको एक सहकारीमा ठगी गरेर फरार भएका थिए । अर्का अभियुक्त थापाविरुद्ध दुई ठगी मुद्दा दर्ता भएका छन् । थापालाई अदालतले रु १६ लाख ३१ हजार ४५४ र ४४ पैसा बिगो जरिवानासहित एक वर्ष छ महिना कैद सजाय तोकेको थियो ।
त्यसैगरी वन मुद्दाका अभियुक्त अन्सारीविरुद्ध रु ८९ हजार ६३८ बिगो जरिवाना माग भएको छ । तीनै अभियुक्तलाई गाउँमा लुकेर बसिरहेका अवस्थामा पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरी निरीक्षक ढुङ्गानाले बताए । रासस

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया