दुई वटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

जनकपुरधाम - धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ढल्केवरस्थित पुर्व चौकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट गइरहेको स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी एक जना मोटरसाइकलको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
सो दुर्घटनामा परी स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिका नरहाका अन्दाजी ३० वर्षीय रुपेश यादवको घटनास्थलमै मृत्यु भएको ईप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिएका छन ।
उनका अनुसार लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षिय मोहम्मद हासिम घाइते भएका छन् । घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक सुवेदीले जनाएको छ ।
दुवै मोटरसाइकल नियन्त्रणमा लिई मृतकको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया