ओलीले १० बुँदेका नाममा नेताहरूलाई झुलाए : झाँक्री

बुटवल । नेकपा (एकिकृत समाजवादी) केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीले १० बुँदे कार्यान्वयनको नाममा नेतालाई झुलाएको जिकिर गरेकी छन् । शुक्रबार पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यस्तो बताएकी हुन् ।
१० बुँदे सम्झौताको कोर्स करेक्सन भत्काएर ओलीले मुलुकमा राजनीतिक अस्थिरता र द्वन्द्व निम्त्याउन खोजेको उनले दाबी गरिन् । ‘ओलीले १० बुँदेको कोर्स करेक्सन भत्काउने र विदेशी हस्तक्षेप भित्र्याएर मुलुकलाई तहसनहस पार्न खोजेका छन् । १० बुँदे कार्यान्वयनको नाममा ओलीले नेताहरूलाई अल्मल्याएका छन्,’ झाक्रीले भनिन् ।
यस्तै एकिकृत समाजवादी पार्टी एमाले विभाजन भएर नभई एमालेबाट विद्रोह गरेर निर्माण भएको स्पष्ट पार्दै प्रतिगमनकारीको योजनालाई ध्वस्त बनाउन उनले कार्यकर्ताहरूलाई निर्देशन दिइन् । उनले माधव नेपाल पक्षमा रहेका तर एमालेमा लागेका तेस्रो धारका नेताहरूलाई लक्षित गर्दै अरूले बनाएको दरबारमा बस्नेहरूले कठिन यात्रा तय गर्न नसकेको टिप्पणी गरिन् ।
‘आफैंले बनाएको दरबारमा बस्न हामीले कठिन यात्रा तय गरेका छौं,’ उनले भनिन्, ‘अरूले बनाइदिएको दरबारमा बस्नेले कठिन यात्रा तय गर्न सकेनन् ।’ एमालेका केही नेताहरूले आफुलाई चुनौतीरहित दाबी गरेको भन्दै भाँक्रीले ती नेतालाई त्यस्ता सपना नदेख्न आग्रह गरिन् । एकिकृत समाजवादीले केन्द्रीय कमिटीमा अनिवार्य ४० प्रतिशत युवाहरू राख्ने व्यवस्था गर्दै पार्टीलाई नवजवानहरूको पार्टी बनाइने र आगामी आम निर्वाचनमा पनि बहुमत ल्याइने उनले बताइन् ।
एमालेका नेताहरूले विद्रोहमा सहभागी हुन चाहने कार्यकर्तालाई राजनीतिक भविष्य र व्यक्तिगत भविष्यको ग्यारेन्टी बाँड्दै हिँडेको आरोप लगाउँदै भ्रममा नपर्न कार्यकर्ताहरूलाई आग्रह गरिन् । क्रान्तिकारी इतिहास बोकेका कार्यकर्ताहरूले चिन्ह होइन विचार रोज्ने उनको तर्क छ । पार्टी केन्द्रीय कमिटीकै अर्का सदस्य मेटमणि चौधरीले अहिले पार्टीको आकार सानोजस्तो देखिए पनि ५, ६ महिनाभित्र वास्तविक आकार देख्न सकिने बताए । उनले जनप्रतिनिधिहरू आवरणमा आफुहरूतिर नदेखिए पनि जनताको अपार समर्थन एकिकृत समाजवादीलाई रहेको दाबी गरे ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया