कांग्रेस प्रमुख सचेतक खाणले पनि फिर्ता गरे दसैं भत्ता

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले जनप्रतिनिधिका रूपमा आफूलाई उपलब्ध गराएको दसैं भत्ता फिर्ता गरेका छन् ।
कोभिड-१९ को बिषम परिस्थितिमा आाम नेपालीले अभाव र पिडा भोगिरहेको बेलामा जनप्रतिनिधिका रूपमा उचित नलागेको सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् । 'अहिलेको बिषम अबस्था र आमनेपालीले भोग्नुपरेको अभाव र पिडालाई ध्यानमा राख्दै जनप्रतिनिधिको रूपमा दशैं भत्ता लिन उचित लागेन । यो रकम संसद सचिवालय मार्फत सरकारलाई फिर्ता गर्दछु। सरकारले जनहितमा उपयोग गरोस्,' खाणले ट्वीटरमा भनेका छन् ।
अहिलेको बिषम अबस्था र आमनेपालीले भोग्नुपरेको अभाव र पिडालाई ध्यानमा राख्दै जनप्रतिनिधिको रूपमा दशैं भत्ता लिन उचित लागेन।यो रकम संसद सचिवालय मार्फत सरकारलाई फिर्ता गर्दछु।सरकारले जनहितमा
— Balkrishna khand (@KhandBalkrishna) October 18, 2020
उपयोग गरोस्।
बालकृष्ण खाण
सदस्य
प्रतिनिधि सभा
यसअघि सत्तारुढ दल नेकपा स्थायी समिति सदस्यद्वय प्रतिनिधिसभामाका सांसदहरू जनार्दन शर्मा र डा. भीम रावलले दसैं भत्ता फिर्ता गर्ने घोषणा गरिसकेका छन् ।
साझा पार्टीकी प्रदेश सभा सदस्य शोभा शाक्यले पनि दसैं भत्ता फिर्ता गरेको घोषणा गरेकी थिइन् ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया