सुर्खेतका महिला उद्यमीलाई कच्चा पदार्थ अभाव

सुर्खेत : सुर्खेतका महिला उद्यमीहरूले कच्चापदार्थको अभावमा उत्पादनलाई वृद्धि गर्न नसकेको बताएका छन् । स्थानीय स्तरमा कच्चा पदार्थ नहुँदा बाहिरबाट महंगोमा खरिद गरेर ल्याउनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।
यसरी बाहिरबाट ल्याइएको कच्चापदार्थबाट उत्पादन भएको सामाग्रीले बजारमा प्रतिस्पर्धा गर्न सकस परेको उद्यमीहरूको भनाइ छ । वीरेन्द्रनगरमा फाइवरका झोला उत्पादन गर्दै आएकी रीता भण्डारीले बजारमा आफ्ना सामान प्रतिस्पर्धामा लैजान नसकिएको बताइन् । ‘बजारमा झोलाको राम्रो माग छ र बिक्री पनि हुन्छ तर, हामीले उत्पादन गरेका सामान बजारमा प्रतिस्पर्धामा लैजान सकेका छैनौ’ वीरेन्द्रनगरमा आयोजिक एक अन्तरक्रिया कार्यक्रममा भण्डारीले भनिन्, ‘सस्तो मुल्यमा बजारमा प्रतिस्पर्धा गर्ने गरी सामाग्रीहरू उत्पादन गर्न सकेका छैनौ ।’ उद्योगमा ठूलो लगानी गर्न नसकेका कारण पनि सोचेअनुरुप उत्पादन गर्न नसकिएको उनको भनाइ छ ।
वीरेन्द्रनगर–५ मा दुनाटपरी उद्योग सञ्चालन गर्दै आएकी हरिकला रम्तेलले पनि मेसिन तथा उपकरणको अभावमा बजारको माग अनुसारको उद्योग सञ्चालन गर्न नसकेको बताइन् । ‘हामीसँग भनेजस्तो मेसिन छैन’ उनले भनिन्, ‘बजारमा भएजत्तिको मागलाई पुरा गर्न नसकेका कारण सोचेअनुसार आम्दानी गर्न सकेका छैनौ ।’
सुर्खेतकै उत्तरगंगामा डेरी उद्योग सञ्चालन गर्दै आएकी रेखा शर्माले प्याकेजिङ गर्न नसकेका कारण अन्य डेरीसँग प्रतिस्पर्धा गर्न नसकेको बताइन् ।
जिल्लामा रहेर उद्यम गर्न चाहने महिला उद्यमीहरू स्थानीय स्तरमै कच्चा पदार्थ उपलब्ध नहुँदा महंगो मूल्यमा उत्पादन हुने र त्यसले बजारीकरणमा प्रतिस्पर्धामा जान नसकेको सरोकारवालाहरूले बताएका थिए । महिला उद्यमीहरू सरकारी अनुदानबाट पनि वञ्चित भएको उनीहरूको भनाइ थियो ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया