साउदीबाट अचेत अवस्थामा फर्केका सुनारको मृत्यु

काठमाडौँ - साउदी अरब रोजगारीमा गई अचेत अवस्थामा नेपाल फर्केका चन्द्रबहादुर सुनारको मृत्यु भएको छ । नेपाल ल्याएको पाँचौ दिनमा उनको मृत्यु भएको आफन्तले इकागजलाई जानकारी दिए । भदौ २६ गते उनलाई नेपाल ल्याइएको थियो ।
सुनार साउदीको मोर्फेच मार्चेक्व अल हार्बी कम्पनीमा मेसनको काम गर्थे । त्रिभुवनविमानस्थलबाट सिधा उनलाई त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न लगिएको थियो । अचेत अवस्थामा ल्याइएको सुनारलाई अस्पतालमा राख्दा पनि सुधार नहुने देखिएपछि २७ गते बिहानै उनलाई सल्यान छत्रेश्वरी गाउँपालिका-२ लगिएको थियो ।
काम गर्दागर्दै छैठौ तलाबाट झरी उनको हात भाचिएको थियो । सुरुमा हात भाचिएको मात्र उपचार गरिएको र उनको टाउकोमा रगत जमेकाले उपचार गरिएको थियो । 'टाउकोको दुई पटक शल्यक्रिया गरिएको थियो,' आफन्तले भने ।
वैदेशिक रोजगारीमा गएकाहरूको काम गर्दागर्दै घाइते भएमा सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने गरेको छ । सुनारको पनि साउदी अरबमा रहदा सम्पूर्ण खर्च कम्पीले व्यहोरेको थियो । उनले मासिक १५ सय साउदी रियल पाउने गर्थे । सुनारको श्रम सम्झौता अवधि २०२२ सम्म छ । बीमा कम्पनी र सरकारले उपचार प्रक्रियामा बेवास्ता गरेको सुनारको आफन्तले गुनासो गरे ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_l1LSw7t9yV_vezhm90dw90apsk8hykayahlezfvzq76hrqpldb1ov5tz0ihtupzpmymlax3.jpg)
बुटवलमा महिलामाथि गोली प्रहार

पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग

प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, २५७ घाइते

सञ्चारिकाको अध्यक्षमा पन्थी

दाल धेरै भयो ? पराठा बनाउने कि

विश्वभरका नेपाली सेफ काठमाडौँमा, भृकुटीमण्डपमा आज फुड फेस्टिभल

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

प्रतिक्रिया