आईपीएल फर्कदा धोनी र शर्माको रणनीतिक भिडन्त

काठमाडौँ - कोभिड–१९ महामारीका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) चार महिनापछि फर्कदै छ । आइतबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) मा आईपीएलले पुनरागमन गर्दैछ । पहिलो खेलमा भिड्नेछन्, चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स । यस खेल हेर्न रंगशाला पुग्ने दर्शकलाई रोकिने छैन ।
पछिल्लो संस्करणको आईपीएल पनि यूएईमै भएको थियो । च्याम्पियन बनेको थियो, मुम्बई । उसले पाँचौँ पटक उपाधि जितेर कीर्तिमान राख्दा चेन्नाई भने आठ टिममध्ये सातौँ भएको थियो । यस पटक भने महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाई दोस्रो स्थानमा छ । उसको सात खेलबाट १० अंक छ । शीर्षस्थानमा भने दिल्ली क्यापिटल्स छ । एक खेल बढी खेलेको दिल्लीले १२ अंक बटुलेको छ । उता मुम्बई भने चौँथो स्थानमा छ ।
चेन्नाई र मुम्बईबीचको खेलको नतिजा कुनै एक खेलाडीको प्रदर्शनमा नभई रणनीतिमा भरपर्ने अनुमान गरिएको छ । दुई टिमका कप्तानद्वय धोनी र रोहित शर्मा भएकाले पनि यो खेलमा ‘ट्याक्टिकल ब्याटल’ देखिने अपेक्षा गरिएको हो । उसो त पहिलो चरणमा पाँच जित दर्ता गरेको चेन्नाईको रणनीति आईपीएल फेरि सुरु हुँदा पनि प्रभावकारी हुनसक्छ भन्ने होइन ।
गत सिजन चेन्नाईका स्पिनर असफल साबित भएका थिए । यसपाली रविन्द्र जडेजा, मोइन अली र इमरान ताहिरले चेन्नाईको स्पिन विभाग प्रभावकारी ढंगले सम्हालिरहेका छन् । यी तीन बलरले कुल १३ विकेट लिइसकेका छन् । नाम चलेका ब्याट्सम्यानले भरिएको मुम्बईलाई यिनै बलरले निराश बनाउन सक्छन् ।
बलिङमा मजबुद देखिए पनि चेन्नाईको ब्याटिङप्रति भने शंका गर्ने ठाउँ प्रशस्त छ । ओपनर फाफ डु प्लेसिसको फिटनेस कमजोर रहेको खबरले चेन्नाईको ड्रेसिङ रुममा पक्कै पनि निराशा छाएको छ । सुरुवात खेलहरुमा भने उनले रुतुराज गाइकवार्डसँग मिलेर सन्तोषजनक ब्याटिङ गरिरहेका थिए ।
प्लेसिसको स्थानमा चेन्नाईले रोबिन उथ्थापालाई उपयोग गर्नसक्छ । मोइनलाई क्रिजमा चाँडै पठाउने विकल्प पनि धोनीसँग छ । फेरि जडेजाको अलराउन्ड प्रदर्शनले पनि चेन्नाईलाई राहत दिनसक्छ । यद्यपि टिमलाई सकारात्मक नतिजा दिलाउने गरी ब्याटिङ गर्ने जिम्मा भने धोनी र सुरेश रैनाकै काँधमा हुनेछ ।
आईपीएलका कैयौँ संस्करणमा सबैभन्दा सन्तुलित टिम मुम्बईलाई मानिएको हो । यसपाली पनि मुम्बईको टिम हेर्न लायकको छ । कप्तान शर्माबाहेक सुर्यकुमार यादव, क्युइन्टन डे कक, इशान किशान र पान्ड्या दाजुभाईले मुम्बईलाई जुनसुकै अवस्थामा पनि जित दिलाउने ल्याकत राख्छन् ।
उसो त मुम्बईका लागि केइरन पोलार्ड पनि उपलब्ध छन् । ‘डेथ ओभर’मा मध्यक्रम चल्ने र ‘पावर–प्ले’मा विकेट हात पर्ने भयो भने मुम्बईले आफूलाई फेरि पनि आईपीएलको प्ले–अफमा पाउनेछ ।
।

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

प्रतिक्रिया