करण र सन्दीप चम्किदा ओमान १२१ रनमा अलआउट
काठमाडौँ - आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमानविरुद्ध उत्कृष्ट बलिङ गरेको छ । ओमानको मैदानमा घरेलु टोलीका ब्याट्सम्यानलाई नेपालले १२१ रनमै अलआउट गरेको हो ।
उत्कृष्ट प्रदर्शन गरेका नेपाली बलरले ओमानका कुनै पनि ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । करण केसी र सन्दीप लामिछाने चम्किदा ओमान ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १२१ रनमा अलआउट भएको हो । ओमानका लागि कप्तान जिसन मक्सुदले ४१ रन बनाउनु बाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान चार–चार विकेट लिए । यस्तै शरद भेषवाकरले दुई विकेट लिए । नेपालले केही बेरमा १२२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ । यसअघि ओमानसँगको पहिलो खेलमा नेपाल पराजित भएको थियो ।
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

वर्षाले खेल प्रभावित भएपछि नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा
एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कोलकाता ८ विकेटले विजयी

प्रतिक्रिया