प्रिमियर लिगमा अपराजित म्यानचेस्टर युनाइटेड
काठमाडौँ : जेसी लिंगार्डले ८९ औँ मिनेटमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार राति वेस्टह्याम युनाइटेडलाई २–१ गोलले हराएको छ । युनाइटेडलाई जारी सिजनको चौँथो लिग जित दिलाउन क्रिस्टियानो रोनाल्डोले पनि एक गोल गरे ।
लन्डन रंगशालामा भएको खेलमा घरेलु टिम वेस्टह्यामले अग्रता लिएको थियो । ३० औँ मिनेटमा सेड बेनरहमाले गोल गरे । त्यसको पाँच मिनेटपछि नै युनाइटेड रोनाल्डोको गोलमार्फत खेलमा फर्कियो । रोनाल्डोले गरेको यो तेस्रो लिग गोल थियो ।
वेस्टह्यामले खेल बराबरी गर्ने मौका नपाएको होइन । तर मार्क नोबल पेनाल्टीमा चुक्दा वेस्टह्यामले अंक बटुल्न सकेन । प्रिमियर लिगमै भएको अर्को खेलमा ब्राइटनले लेस्टर सिटीलाई स्तब्ध बनायो । ब्राइटनले २–१ को जित निकाल्दा निल मौपेले पेनाल्टीमा गोल गरे भने डानी वेलब्याकले दोस्रो गोल गरे । पराजित टिम लेस्टरका लागि जेमी भार्डीले एक गोल फर्काए ।
जितसँगै ब्राइटन तेस्रो स्थानमा उक्लेको छ । उसले पाँच खेलबाट १२ अंक बनाएको छ । शीर्षस्थानको लिभरपुल र दोस्रो स्थानको युनइटेडको समान १३–१३ अंक छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया