नेपालले ओमानलाई हरायो
कप्तान मल्लको ब्याट चल्दा करण र सन्दीपको घातक बलिङ !

काठमाडौँ - नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको एकदिसीय सिरिजमा ओमानलाई ७ विकेटले हराएको छ । ओमानले दिएको १२२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टाउँदै ७ विकेटको जित हात पारेको हो ।
नेपाललाई जिताउन कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ५२ रनको योगदान दिए । यस्तै आशिफ शेखले ४० रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
ओमानलाई सस्तैमा अलआउट गर्न नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिएका थिए । जितसँगै नेपाल लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । आज पराजित भएको ओमान भने शीर्ष स्थानमा कायमै छ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया