सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष एमालेमा प्रवेश

काठमाडौँ – नेकपा मसालसम्बद्ध राष्ट्रिय जनमोर्चाका नेताहरू नेकपा एमाले प्रवेश गरेका छन् । मसाल परित्याग गरेका उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरूमा जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष भरतबहादुर शाही, दैलेख जिल्ला अध्यक्ष अम्बरबहादुर नेपाली, उपाध्यक्ष कविराज खत्री, सचिव सुरतबहादुर रावत, सहसचिव नवीन भट्टराई, सल्लाहाकार संयोजक पूर्णबहादुर शाही तथा सदस्य ओम रावललगायतका नेताहरू रहेको एमाले केन्द्रीय कमिटी सदस्य सूर्य थापाले जानकारी दिए ।

‘सिंगो जिल्ला र पालिका तहका कमिटीसहित सयौं नेता तथा कार्यकर्ताहरू आइतबार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो,’ थापाले जानकारी दिए ।